
सुनाखरी न्युज/ काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ ।
बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगेका छन् ।
उनलाई बाजागाजासहित अहिले काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा स्वागत गरिएको छ ।
भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए ।