
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनावको अवस्था सिर्जना भएको छ । कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो ।
तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले जानकारी दिएका छन ।
उनका अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो । के कारणले विवाद भयो भन्ने यकिन हुन बाँकी नै रहेको उनले जानकारी दिए ।