२०८२ फाल्गुन २२ , शुक्रवार

प्रतिकूल मौसमका कारण आधा दर्जन बढी विमानस्थल बन्द

plane

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिकूल मौसमका कारण शुक्रबार  आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन ।

 

प्रतिकूल मौसमका कारण एकसाथ आधा दर्जन हाराहारी विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र अवस्थामा छन् । तोकिएको समयमा जहाज चढ्न त्रिभुवन विमानस्थल पुगेका यात्रुहरू आन्तरिक टर्मिनल भवनभित्र मौसम खुल्ने प्रतीक्षामा छन् ।