२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको मूल्य २ हजार रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार

gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।