
सुनाखरी न्युज/ काठमाडौँ ।
सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ ।
जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरे सँगै घाइतेको वर्गीकरणले तिव्रता पाएको हो ।
वर्गीकरण भएका घाइतेमध्ये, गम्भीरले मासिक ९,००० हजार रुपियाँ र अति गम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपियाँ पाउने व्यवस्था गरिएको छ । यस्तै कार्यविधि अनुसार मध्यम प्रकृतिका घाइतेले मासिक ४,००० रुपियाँ भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।
कार्यविधिअनुसार घाइते भएका व्यक्तिको अपाङ्गताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइते लाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण हालसम्म ९मङ्सिर २९ सम्म० तीन जिल्लाका ९काठमाडौँ, कास्की र चितवन० १८३ जनाको सम्पन्न भएको छ । वर्गीकरण मध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन् ।
कार्यविधिकै उपदफा २ को ९१० बमोजिम निर्वाह भत्ता सम्बन्धी व्यवस्था महँगीका आधारमा पुनरावलोकन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।