
सुनाखरी न्युज/ काठमाडौं ।
धेरै मानिसको व्यस्त दिनचर्याका कारण बेलुका ढिलो खाने बानी बढिरहेको छ। तर अध्ययनले देखाएको छ कि खानाको समय पनि खाना जत्तिकै महत्त्वपूर्ण हुन्छ। पोषणविद् गर्गी सरीनका अनुसार, बेलुका ढिला खाना खाँदा पाचन प्रणाली बिग्रन सक्छ, रगतमा चिनीको मात्रा बढ्न सक्छ र दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। उनले सुझाव दिइन् कि सुत्नु अघि कम्तीमा दुई घन्टा समय छुट्याएर खाना खाइनु उपयुक्त हुन्छ। बेलुकीको खाना र अर्को बिहानको खाजाको बीचको समय जति धेरै भयो स्तन क्यान्सरको जोखिम उति नै कम हुने अध्ययनले देखाएको छ ।
अहिले बदलिँदो समयसँगै मानिसको जीवनशैलीमा पनि तीव्र रुपमा परिवर्तन आइरहेको छ । पहिले पहिले मनिसहरु बिहान छिटो उठ्ने गर्थे र राति छिटो सुत्थे, तर अहिले राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै बनेको छ । यसरी राति ढीला सुत्दा मानिसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
पाचन सुधार : ७–८ बजेसम्म खाना खाइसक्दा शरीर पोषक तत्व राम्रोसँग पचाउँछ।
निद्रामा सुधार : छिटो खाँदा शरीर आरामका लागि तयार हुन्छ र गहिरो निद्रा आउँछ।
रगतमा चिनी नियन्त्रण : ढिलो खानाले रगतमा चिनीको मात्रा अस्थिर हुन्छ ; छिटो खाने बानीले मधुमेहको जोखिम कम गर्छ।
शरीर सुन्निने समस्या कम : ढिलो खाना खाँदा मोटोपन र अन्य रोगको जोखिम बढ्छस छिटो र हल्का खाना खाँदा शरीर सन्तुलित रहन्छ।
सजग भएर खाने बानी : ८ बजेसम्म खाना खाँदा मानिस हतार–हतार नखाई सजग भएर खाना खान सक्छ, जसले पाचन र स्वाद दुवै सुधार्छ। बेलुका छिटो र हल्का खाना खानु शरीरको स्वास्थ्य, आन्द्राको कार्य र रोग प्रतिरोधात्मक क्षमता सुधार्न महत्वपूर्ण छ।