२०८२ फाल्गुन २२ , शुक्रवार

शिल्पा शेट्टीले बन्द गरिन् रेस्टुरेन्ट

shilpa 2

 

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीको चर्चित बास्टियन रेस्टुरेन्टमा आयकर विभागले छापा मारेको छ। यिनै आरोपहरूसँगै अब शिल्पा शेट्टीले मुम्बईको बान्द्रास्थित आफ्नो चर्चित रेस्टुरेन्ट ‘बास्टियन’ बन्द गर्ने घोषणा गरेकी छिन्। अभिनेत्रीले इन्स्टाग्राम स्टोरीमार्फत आफ्नो रेस्टुरेन्ट स्थायी रूपमा बन्द हुने जानकारी दिँदै भावुक सन्देश सेयर गरेकी छन्।

शिल्पा शेट्टीले मंगलबार राति इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्स् “यो बिहीबार मुम्बईको सबैभन्दा प्रतिष्ठित गन्तव्यहरूमध्ये एक, बास्टियन बान्द्रालाई बिदाइ गर्दै एक युगको अन्त्य हो। यसले हामीलाई अनगिन्ती सम्झनाहरू, अविस्मरणीय रातहरू र क्षणहरू दियो। शहरको नाइटलाइफलाई यसले नयाँ आयाम दियो।”

उनी अघि लेख्छिन्, ‘यो त्यो ठाउँ हो जसले हामीलाई अनगिन्ती सम्झना, अविस्मरणीय रात र क्षण दियो, जसले शहरको रात्रि जीवनलाई आकार दियो । अब यो ठाउँले आफ्नो अन्तिम पर्दा छोप्दैछ ।’यस पोस्टमा शिल्पाले रेस्टुरेन्ट बन्द हुनुको कारण बताएकी छैनन् । उनले यो रेस्टुरेन्ट सन् २०१६ मा रंजित बिन्द्रासँग मिलेर सुरु गरेकी थिइन् । यो ठाउँ मुम्बईको रात्रि जीवनमा धेरै लोकप्रिय थियो ।

अगस्टमा, मुम्बईका एक व्यापारी दीपक कोठारीले शिल्पा र उनका पति राज कुन्द्रा विरुद्ध ६० करोड भारु ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेका थिए । दीपक कोठारीका अनुसार उनले सन् २०१५ मा एजेन्ट राजेश आर्यमार्फत शिल्पा र कुन्द्रालाई भेटेका थिए । त्यतिबेला दुवै जना बेस्ट डिल टिभीका निर्देशक थिए र शिल्पाको कम्पनीमा ८७५ भन्दा बढी शेयर थियो । बैठकमा शिल्पा र कुन्द्राको कम्पनीलाई दीपकले ऋण दिने निर्णय भयो ।