२०८२ फाल्गुन २२ , शुक्रवार

नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हल्ला कि सही ?

facebook

सुनाखरी न्युज/ काठमाडौं ।
फेसबुकले नेपालमा कन्टेन्ट मोनिटाइजेसन बन्द गरेको खबर पछिल्लो समय  चर्चामा छ । फेसबुक पेज तथा क्रियटरहरूको ड्यासबोर्डमा ‘Your ability to earn is limited’ र ‘Local legal requirement or government request’  जस्ता सूचना देखिन थालेपछि यस्तो खबर फैलिएको हो ।

 

केही सञ्चारमाध्यमहरुमा समेत ‘मोनिटाइजेसन बन्दु भन्ने समाचारहरू प्रकाशित भएपछि प्रयोगकर्ताहरूमाझ मोनिटाइजेसन बन्द भएको खबर फैलिएको हो । तर वास्तविकता भने फरकछ । फेसबुकको माउ कम्पनी मेटाका अमेरिकास्थित प्रतिनिधिका अनुसार फेसबुकले तोकेकानियम परिवर्तन भएको कारणले मोनिटाइजेसनमा समस्या देखिएको हो ।

फेसबुकले नेपालमा मोनिटाइजेसन सुविधा सुरुगर्दा तुलनात्मक रूपमा सहज मापदण्ड तोकेको थियो । पहिलो अपडेटका क्रममा क्रिएटरले२८ दिनभित्र ५ लाख इन्गेजमेन्ट पुर्‍याउनुपर्ने र २ हजारभन्दा बढी फलोअर भएपछिमोनिटाइज गर्न पाउने प्रावधान थियो । यो मापदण्ड सहज भएकाले नेपालमा धेरैक्रिएटरहरू मोनिटाइजेसनका लागि योग्य भएका थिए ।

 

तर, करिब पाँचदिनअघि मेटाले आफ्नो नियम अपडेट गर्‍यो । नयाँ नियमअनुसार, मोनिटाइजहुनका लागि क्रिएटरहरूले ९० दिनभित्र कम्तीमा तीनवटा रिल अपलोड गर्नुपर्ने,प्रयोगकर्ताको १० हजार फलोअर्स हुनुपर्ने र २८ दिनभित्र १ लाख ५०हजार भ्युज हुनुपर्ने मापदण्ड तोकेको छ ।