२०८२ फाल्गुन २२ , शुक्रवार

१० अंक घट्यो नेप्से परिसूचक, बढ्यो कारोबार

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो ।

बिहीबार  कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । ६३ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने २ को स्थिर रह्यो ।