२०८२ फाल्गुन २२ , शुक्रवार

छात्रको कपाल जथाभाबी मुण्डन नगर्न काठमाडौं महानगरको निर्देशन

kathmandu-mahanagar

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्र पठाउँदै विद्यार्थीको कपाल मनलाग्दी मुण्डन नगर्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले परिपत्र जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई मानसिक यातना हुने गरी कुनै पनि व्यवहार नगर्न सचेत गराएको हो ।

केही विद्यालयहरूले कपाल लामो भएको भन्दै विद्यार्थीहरूको कपाल जथाभाबी काटिदिने गरेको र त्यसले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै गुनासो आएपछि महानगरले यस्तो निर्देशन दिएको हो ।

साथै विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्ने आचारसंहिता बनाएर लागू गर्न सक्ने शिक्षा नियमावली २०५९ को व्यवस्था भए पनि विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने नियमावलीको व्यवस्थासमेत जानकारी गराएको छ ।