२०८२ फाल्गुन २२ , शुक्रवार

नेशनल लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

20251217043330news_image.20241025050938news_image_

सुनाखरी न्युज/ काठमाडौं ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/ ८२ को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र ०. ७५ प्रतिशत नगद  ( कर तिर्न )  गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।