
सुनाखरी न्युज/ काठमाडौं ।
कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार समारोहमा एक विद्यार्थीले तीन पदक तथा पुरस्कार प्राप्त गर्नुभएको छ । मानविकी सङ्काय स्नातकोत्तर तहतर्फ अर्थशास्त्र विषयमा सर्वप्रथम हुने कपिल पौडेलले तीन पदक तथा पुरस्कार पाउनुभएको हो । विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अर्थशास्त्र केन्द्रीय विभागका पौडेलले ३ दशमलव ७७ सिजिपीए ल्याउँदै तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउनुभएको छ ।
यस्तै स्नातकोत्तर तह अङ्गे्रजी साहित्यमा ३ दशमलव ८५ सिजिपिए ल्याउँदै सारा मर्हजनले पनि दीक्षान्त पदक र पुरस्कार दुई पदक पाउनुभएको छ । उहाँले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक पाउनुभएको छ । यस्तै बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पनि दुई पदक पाउनुभएको छ । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह ( एमविएस ) मा ३ दशमलव ८७ सिजिपिए ल्याउँदै उहाँले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाउनुभएको छ ।
यसैगरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरकी शिक्षा शास्त्र सङ्कायकी शर्मिला रिजाल र सोही क्याम्पसका मानविकी सङ्काय राजनीति शास्त्रका अभिनव आचार्यले पनि दुई÷दुई वटा पुरस्कार पाउनुभएको छ । एमएडमा गणित विषय लिई सर्वप्रथम हुनुभएका रिजालले हिमांशु दाहाल स्मृति नगर पुरस्कार र शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार पाउनुभएको हो । यस्तै एमए राजनीतिशास्त्र विषयमा सर्वप्रथम हुनुभएका आचार्यले ललितचन्द पुरस्कार र वडाकाजी मरिचमानसिंह पदक पाउनुभएको छ ।