२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको मूल्य आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

Gold High

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७०० सय र त्यति नै परिमाणको चाँदी १७० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।