
सुनाखरी न्युज/ काठमाडौं ।
शोमबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ ।
गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।