२०८२ फाल्गुन २३ , शनिवार

नेपालमा अब २ सय र ५ सयका भारतीय नोट पनि चल्ने

i c

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकारले लामो समयदेखिको अन्योल चिर्दै भारतीय रुपैयाँ २०० र ५०० दरका नोटहरू नेपालमा चलाउन निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एक सयभन्दा ठूला दरका भारू नेपालमा पनि चलनचल्तीमा ल्याउने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारू २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको छ। अब दुवै देशका नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म २०० र ५०० दरका नोटहरू नेपाल ल्याउन तथा भारत लैजान पाउनेछन्। यो निर्णयले नेपाल र भारतबीचको आर्थिक गतिविधि, व्यापार तथा पर्यटन क्षेत्रलाई थप सहज बनाउन सक्छ।

सन् २०१६ मा भारत सरकारले उच्च दरका भारु नोटहरूमाथि प्रतिबन्ध लगाएपछि भारु १०० बाहेकका नोटहरूलाइ लिएर नेपालमा ठूलो समस्या उत्पन्न भएको थियो। विशेषगरी सीमा क्षेत्रका बासिन्दा, व्यापारी तथा भारतमा काम गर्ने नेपालीहरूलाई कारोबारमा असहज भएको थियो। नेपाल राष्ट्र बैंकले लामो समयदेखि यी नोटहरू खुला गर्न पहल गरिरहेको थियो। नेपाल र भारतबीचको खुला सिमानाका कारण नेपाली बजारमा भारतीय नोटहरूको ठूलो मात्रामा कारोबार हुने गर्दछ।