२०८२ फाल्गुन २३ , शनिवार

मादी नदीमा महिलाको शव फेला

death-cardiac

सुनाखरी न्युज/ काठमाडौं ।

व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा आज बिहान एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
रासस