
सुनाखरी न्युज/ काठमाडौं ।
उपरोक्त सम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौंमा कार्यरत विवरण दर्ता अपरेटरको User ID र Password दुरूपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरुका विवरणहरु हेरफेर गरी राष्ट्रिय परिचयपत्र Approve गरी “ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ” को परिच्छेद ६ दफा ४१ बमोजिमको कसूर गर्ने कार्यमा संलग्न सोहि विभागमा विवरण दर्ता अपरेटरको रुपमा कार्यरत सूर्य प्रसाद रेग्मीको छोरा, जिल्ला सुनसरी, छिटाहा गा.वि.स. वडा नं ५ घर भई हाल ललितपुर जिल्ला, महालक्ष्मी न.पा. वडा नं.३ बस्ने वर्ष २८ को सुनित प्रभाग रेग्मीलाई ललितपुर जिल्ला, महालक्ष्मी न.पा. वडा नं.३ इमाडोलबाट र अमृत बहादुर कुमालको छोरा, गोरखा जिल्ला, गोरखा न.पा. वडा नं. १० घर भई हाल जिल्ला ललितपुर, ललितपुर मा.न.पा. वडा नं. १३ बस्ने वर्ष २८ को आशिष बाबु कुमाललाई ललितपुर जिल्ला, ललितपुर म.न.पा वडा नं. १३ बाट मिति २०८२/०८/२७ गते रित पुर्वक पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंबाट मिति २०८२/०८/२७ गतेबाट लागू हुने गरी प्रथम पटक दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान कार्य भई रहेको ।