
सुनाखरी न्युज/ काठमाडौं ।
काभ्रेको इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक युवक मृत फेला परेका छन्। रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ मृत फेला परेका हुन् ।
सोमबार बिहान ३ बजेको समयमा प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
उनी चोरी आरोपमा आइतबारदेखि हिरासतमा थिए । घाँटीमा ब्ल्यांकेटको घेरोको कपडाको पासो लगाएको अवस्थामा उनी मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।