
सुनाखरी न्युज/ काठमाडौं ।
विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा प्रवेश पास नपाएपछि जेनजी घाइतेहरू सिंहदरबार अगाडि धर्नामा बसेका छन् । रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्काशित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्काका साथै नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै उनीहरुले अर्थमन्त्री खनाललाई भेट्न खोजेका थिए । तर अर्थमन्त्रीलाई भेट्न नपाएपछि उनीहरुले आइतबार सिंहदरबारको पश्चिम गेटमा धर्नामा बसेका हुन् ।