
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली सेनाले प्राविधिक सेवालगायतमा ३८८ जनाका लागि भर्ना खुलाएको छ ।
प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा भर्ना खुलाइएको हो ।
नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचारप्रसार, इलेक्ट्रिसिएन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन, ब्याण्डलगायतका पदमा भर्ना खुलेको छ ।
खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ ।
प्रहरीमा पनि खुल्यो
नेपाल प्रहरीले प्रहरी निरीक्षक ९इन्सपेक्टर० र सहायक निरीक्षक ९असई०मा भर्ना खुलाएको छ ।
जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।