२०८२ फाल्गुन २३ , शनिवार

च्यासल मुख्यालयमा पोखरेल बाहिरिए ,ओली आए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी मुख्यालय च्यासल पुगेका छन् । ११औं महाधिवेशनमा सहभागी हुन देशभरिबाट प्रतिनिधिहरू काठमाडौं आउनेक्रम जारी छ । काठमाडौं आइसकेका महाधिवेशन प्रतिनिधिहरू च्यासलमा भेला हुन थालेपछि पार्टीका शीर्ष नेताहरू पनि च्यासल आउजाउ गरिरहेका छन् । अध्यक्ष ओलीभन्दा अघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल च्यास पुगेका थिए । महाधिवेशन प्रतिनिधिहरूसँग भेट गरेर पोखरेल बाहिरिएपछि अध्यक्ष ओली च्यासल पुगेका हुन् ।