२०८२ फाल्गुन २२ , शुक्रवार

दराज नेपालद्वारा बृहत बचत तथा आकर्षक उपहारहरू सहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ । कम्पनीका अनुसार सेल मार्फत ग्राहकहरूले ८०% सम्मको फ्ल्यास सेल, ७०% सम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदापनि लिन सक्नु हुनेछ । यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरू मार्फत आकर्षक छुटहरु पनि प्रबन्ध मिलाइएको छ । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१% सम्मको छुट, गोल्ड पार्टनर ¥होटो, ब्राण्डहाउस र एईविबी मार्फत ६०% सम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५०% सम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ । यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ । क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सिमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सक्नुहुनेछ ।

यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरुका लागि सेल अवधिभर १०% सम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरुको पनि ब्यवस्था गरिएको छ । यो सुविधा मार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ । दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरु जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ । एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नुहुनेछ । एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य रु. १२,९९९ पर्ने) लगायत उपहारहरु जित्ने सुनौलो अवसर प्राप्त गर्नुहुनेछ । बाई एन्ड विन अन्तर्गत, कुनै पनि पेमेन्टका माध्यमबाट रु. ५,००० भन्दा बढीको अर्डर गर्ने ग्राहकहरूले निम्न उपहारहरूका लागि लक्की ड्रमा सहभागिता जनाउन सक्नु हुनेछ ः

· मूल्य रु. १६,३०० पर्ने हावेल्स बन्डल – १ जना विजेता
· मूल्य रु. १४,९०० पर्ने लोट्टो ईनर्जेक्स ह््वाइट नेभी रनिंग शुज – १ जना विजेता
· मूल्य रु. २,४९९ पर्ने रेडमी बड्स फाइभ ए – २ जना विजेता
· मूल्य रु ४,४९९ पर्ने सियाओमी क्यामेरा सी२०० – २ जना विजेता

ब्राउज गर्दा होस् वा किनमेल, ग्राहकहरूले दराज १२.१२ ग्रान्ड इयर एन्ड सेल मार्फत बृहत बचत तथा ठूला आकर्षक अफरहरु दुवै प्राप्त गर्न सक्नु हुनेछ । ग्राहकहरूले बेष्ट प्राइस ट्याग भएका सामग्रीहरूमा विशेष ध्यान दिन सक्नुहुनेछ । यसमा सम्मिलित सामग्रीहरु उपभोक्ताले नेपालभित्र कुनैपनि अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा भेटिएमा, दराजले मूल्य अन्तरको दोब्बर रकम उपभोक्तालाई फिर्ता गर्ने बाचा गरेको छ ( शर्तहरू लागू हुनेछन्) । दराज नेपालको १२.१२ सेलबारे थप जानकारीका लागि www.daraz.com.np, दराज नेपालको फेसबुक पेज, वा दराज एप भ्रमण गर्नुहुन कम्पनीले बिनम्र अनुरोध गरेको छ ।

दराज गु्रपका बारेमा :
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ । थप जानकारीका लागि www.daraz.com मा जानुहोस् वा दराजको लिंक्डइन पेज (www.linkedin.com/company/daraz/ मा लगअन गर्नुहोस् ।