२०८२ फाल्गुन २३ , शनिवार

उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

accident-

सुनाखरी न्युज/ काठमाडौं ।

चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
रासस