२०८२ फाल्गुन २३ , शनिवार

जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । एएफपी समाचार एजेन्सिले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ । अहिले सम्म पुरुष र १५ जना महिला गरी २० जना पीडितलाई उद्धार गरिएको छ ।भवनमा लागेको आगो द्रुत गतिमा फैलिए पछि सबै १८ जना पीडितहरू भवन भित्र फसेर मृत फेला परेका जाइएको छ । गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको थियो ।सहरका अग्निशामक टोलीहरूले विषेश निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाइएको छ ।

उद्धारकर्मीहरूले आगलागी पछि भवनको माथिल्लो तलामा फसेका जिवित मानिसहरूलाई सिँढीको माध्यामबाट उद्धार गरिएको जनाइएको छ भने आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो । थप पीडितहरू अझै पनि भवन भित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी राखेको जनाइएको छ । आगलागी हुँदा भवन भित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन् ।
रासस/सिन्ह्वा