२०८२ फाल्गुन २२ , शुक्रवार

बन्ने भयो ‘थ्री इडियट्स’ को दोस्रो श्रृंखला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बहुचर्चित बलिउड फिल्म ‘थ्री इडियट्स’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । १५ वर्षपछि निर्देशक राजकुमार हिरानी र अभिनेता आमिर खान प्रतीक्षित श्रृंखलामा काम गर्न तयार छन् । निर्माता विधु विनोद चोपडा पनि यस फिल्ममा सामेल हुनेछन् र दर्शकलाई नयाँ कथा प्रस्तुत गर्नेछन् । पिंकभिल्लाले यो फिल्मको दोस्रो श्रृंखला निर्माण हुन लागेको उल्लेख गरेको छ । स्रोतका अनुसार सन् २०२६ को मध्यदेखि यो फिल्मको छायांकन सुरु हुनेछ । पटकथा पूरा भएको छ, र टोली धेरै उत्साहित छ । दोस्रो श्रृंखला पहिलो जस्तै मनोरञ्जनात्मक र भावनात्मक हुने उल्लेख छ । पोर्टलका अनुसार, क्लाइमेक्स दृश्यले १५ वर्ष पछिका घटनाहरू देखाउनेछ, जहाँ सबै पात्र अलग भएका छन् र नयाँ साहसिक कार्यको लागि पुनर्मिलन हुनेछन् ।