२०८२ फाल्गुन २३ , शनिवार

नगद कारोबारको सीमा १० लाखबाट ५ लाखमा झारीयो, ५ लाख माथिको भूक्तानी अनिवार्य बैंकमार्फत

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले नगद कारोबारको सीमा आधा घटाएर १० लाखबाट ५ लाखमा झारेको छ ।

मन्त्रिपरिषद् सोमबार बसेको  बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री तथा अरु कारोबार गर्दा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको हो ।

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ थियो । बैंकिङ माध्यमबाट औपचारिक कारोवारलाई बढावा दिन यस्तो निर्णय गरिएको बतायएको छ ।