
सुनाखरी न्युज/ काठमाडौं ।
नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १७ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार २० मंसिरसम्म फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस कमाएको छ । आइतबारसम्मको हिसाब जोड्दा फिल्मको कमाइ १७ करोड नाघेको छ । सोमबार अपरान्हसम्म फिल्मको कमाइ १७ करोड १० लाख ग्रस हाराहारीमा पुगेको छ । सोही अवधिसम्म फिल्मका ५ लाख ९८ हजार ३०९ वटा टिकट बिकेका छन् ।