२०८२ फाल्गुन २३ , शनिवार

१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव– २०८२

WhatsApp Image 2025-12-08 at 14.17.46

सुनाखरी न्युज/ काठमाडौं ।

रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजना गर्न लागिएको जानकारी गराउन चाहन्छु । १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” रहेको छ । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे आयोजना गर्दै आइरहेका समेत जानकारी गराउन चाहन्छु ।बुटवल स्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन,नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटापेभिलियन हुनेछन् ।

भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन् । यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन् । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । हामीले आयोजना गर्ने हरेक प्रदर्शनीहरु सधै नमुना अर्थात भिन्नखालको हुने गरेको छ । यसपटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियान लाई थप प्राथमिकताका साथ अगाडि बढाउंदैछौं । प्रर्दशनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने छन् ।

प्रदर्शनीका मुख्य उद्देश्यः
. स्वेदशी उत्तपादनहरुको प्रदर्शन र बजारीकरण
. प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान
. नेपाली उद्योगको लागि अवसरको खोजी
. उत्पादन उपभोक्ताबिज्ञहरु र सरकारी निकायबीच अन्तरसम्वाद
. आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी
. निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन
. युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन
. पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल
. औद्योगिक जनशक्ति निर्माण ।

देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकास जरुरी छ । यसका लागि स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ । हामीले आयोजना गर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्ता सँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास हामीले गरेका छौं । प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयां प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, startop स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्र्रिया गरिनेछन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ५०० स्टलहरु रहनेछन् । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक

गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगीतिक कार्यक्रम, विद्यालय

स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन

प्रतियोगिता, प्रदर्शनी आइडल, TikTok Promotion competition लगायतका प्रतियोगिताहरु समेत गरिनेछ । प्रदर्शनी सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
अन्तमा, हामीले थालेका प्रयासहरुलाई विगतका वर्षदेखि नै संचार माध्यमबाट महत्वपूर्ण सहयोग रहंदै आएको छ । आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास लिएकाछौं । १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को सफलताका लागि पनि संचार माध्यम र संचारकर्मी साथीहरुको भूमिका अपरिहार्य रहेको हुँदा यहाँहरुको सहयोग र साथ प्राप्त हुनेमा हामी विश्वस्त छौं । धन्यवाद ।