२०८२ फाल्गुन २३ , शनिवार

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

Madhesh Krishna Prasad Adhikari

सुनाखरी न्युज/ जनकपुरधाम ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।