२०८२ फाल्गुन २२ , शुक्रवार

‘अभिमन्यु’चलचित्र विहिबारदेखि हलमा लाग्यो

abhimanyu1

सुनाखरी न्युज/ काठमाडौं ।

सोसल-थ्रीलर ‘अभिमन्यु’ विहिबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । उँधौली, योमरी पुन्ही र ज्यापु दिवसको सार्वजनिक बिदाको दिनमा फिल्म हलमा लागेको हो । फिल्मले विहिबार देशब्यापी ८६ शो पाएको छ । प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको फिल्मले सुखद अकुपेन्सी हासिल गरेको देखिएको छ । दिउँसो र बेलुकीपख अकुपेन्सीमा केही बढोत्तरी देखिन्छ । फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् । दाइजो प्रथाको कथावस्तुमा बनेको फिल्म थ्रीलर जनरामा बनेको छ । पारिवारिक कथावस्तुका फिल्म लगातार हेर्दै आएका दर्शकलाई भिन्न जनराको स्वाद यो फिल्मले दिनसक्ने आशा राख्न सकिन्छ । १०८ मिनेट रनटाइमको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट दिएको छ । यसको अर्थ, अभिभावकसहित बालदर्शकले यो फिल्म हेर्न सक्नेछन् । यो फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज सिनेमाजले नेपाल र भारतमा एकसाथ फिल्म प्रदर्शनमा आउने जनाएको थियो । तर, भारतमा भने तत्काल रिलिज नहुने भएको छ । यसो हुनुमा सेन्सर लगायतका प्रक्रिया बाँकी रहेको कुरा बताइएको छ ।