२०८२ फाल्गुन २३ , शनिवार

जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा

802278037_Nirbachan_aayog

सुनाखरी न्युज/ काठमाडौं ।

आय व्यय विवरण नबुझाएका कारण निर्वाचन आयोगले तोकेको जरिवाना नबुझाएका ६ वटा दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले दल दर्ताको निवेदन दिएका हुन् । यी दलहरूले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण बुझाएका छैनन् । यी दलहरूले समेत २१ फागुनका लागि तय भएको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकाले आयोग के गर्ने भन्ने छलफलमा छ ।