२०८२ फाल्गुन २३ , शनिवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

soon

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो ।
रासस