२०८२ फाल्गुन २३ , शनिवार

सौराहामा होटलको छतबाट खसेर एक किशोरीको मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।

सिन्धुलीबाट सौराहामा घुम्न आएकी पर्यटकको होटलको छतबाट खसेर ज्यान गएको छ । रत्नननगर नगरपालिका वडा नम्बर ६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवनमा प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको हो ।

बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनको उपचारक्रममा बकुलहर अस्पतालमा ज्यान गएको डिएसपी खनालले जानकारी दिए ।