२०८२ फाल्गुन २३ , शनिवार

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा गुण एअरलाईन्सका संचालक राजेन्द्र शाक्य पक्राउ

aarrest

सुनाखरी न्युज/ काठमाडौं ।

उपर्युक्त सम्बन्धमा यस ब्यूरोबाट प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंक लि. का कार्यकारी अधिकृत (CEO) अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेका तपशिलमा उल्लिखित थप व्यक्तिलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सम्मानित उच्च अदालत, पाटन, ललितपुरबाट पक्राउ अनुमति लिई मिति २०८२/०८/१७ गते जिल्ला ललितपुर जावलाखेल भनिमण्डलबाट पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको ।
निम्न:
१) ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा न. ३ पुल्चोक बस्ने वर्ष ६० को राजेन्द्र शाक्य ।