२०८२ फाल्गुन २३ , शनिवार

नेपाली कांग्रेस कार्यसमितिको म्याद २ महिना थपियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रित कार्यसमितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो । अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ ।