२०८२ फाल्गुन २४ , आइतवार

पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीको विरोध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका छन् । नजिकका व्यापारीहरूले सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले पर्चा र पम्प्लेटसहित विरोध जनाएका थिए । गरी खान देऊ भन्ने माग सहित उनीहरुले विरोध जनाएका हुन् । पोखराको ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीले सडकमा सभा आयोजना गर्न दिनेलाई समेत कारबाहीको माग गरे । ‘सडकमा हुने सभाले व्यापार व्यवसाय चौपट भएको छ । धेरै पहिलेदेखि शान्तिपूर्ण रुपमा माग राख्दा समेत सुनुवाइ भएन,’ उनले भने, ‘अहिले पनि सोही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ । यसमा हाम्रो विरोध छ ।’ चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाए । कार्यक्रमको विरोधमा व्यवसायीहरूले आफ्नो व्यवसायको सटर तानेका छन् ।