२०८२ फाल्गुन २२ , शुक्रवार

‘रमिताको पिरती’ को टिजर सार्वजनिक

ramitako-pirati

सुनाखरी न्युज/ काठमाडौं ।

आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ को टिजर सार्वजनिक भएको छ । फिल्मको शीर्ष भूमिकामा आना देखिएकी छिन् । उनीसहित टिजरमा धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई पनि देख्न सकिन्छ । गायक समेत रहेका समीरले यो फिल्मबाट अभिनय करिअर थालेका छन् । टिजरमा आनाको भूमिकामा विविधता देखिन्छ । उनलाई प्रेम, रोमान्स, खुसी, दुःख र ब्रेकअपका मुडमा प्रस्तुत गरिएको छ । फिल्मले एउटा युवतीको सम्बन्ध र महसुसको कथा चित्रण गरेको बुझ्न सकिन्छ । युवतीको मनोविज्ञानबाट फिल्मको कथा भनिएको छ ।