२०८२ फाल्गुन २६ , मंगलबार

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति छ ?

Cold_Weather_ZjIKbEmpMy2025-11-26-08-18-03

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ उपत्यकामा लगातार जाडो महसुस भइरहेको छ ।शनिबारको तुलनामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबार (आज )  केही घटेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५ : ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६. ६ डिग्री सेल्सियसमा झरेको हो।

हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७. ० डिग्री सेल्सियस थियो भने पछि बिहान ८ : ४५ बजे घटेर ६ .७ डिग्री सेल्सियस भएको थियो। आजको पनि आधिकारिक न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ८ : ४५ बजे सार्वजनिक गर्छ।

त्यसबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम अरू कम हुन सक्छ। मूलत ,  देशभर चिसो बढिरहेको भए पनि तापक्रम भने थोरै तलमाथि भइरहन्छ।