२०८२ फाल्गुन २२ , शुक्रवार

मिस इन्टरनेसनल : उपाधि कोलम्बियालाई ,नेपाल शीर्ष २० अगावै बाहिरियो

miss_international1

सुनाखरी न्युज/ काठमाडौं ।

सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरनेसनल २०२५’ को उपाधि कोलम्बियाकी क्याटालिना डुकले जितेकी छिन् । जापानको राजधानी टोकियोस्थित योयोगी राष्ट्रिय रंगशालामा आयोजित ग्रान्ड फिनालेमा ८० मुलुकका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको दौडमा शीर्ष २० प्रतियोगीले स्विमसूट र साँझको गाउन दुवै विधामा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये शीर्ष १० ले दिगो विकास लक्ष्य पहलबारे सार्वजनिक भाषण गर्दै प्रतिस्पर्धा गरे । नेपालबाट यसवर्ष मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् ।