
सुनाखरी न्युज/ काठमाडौं ।
उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा गर्ने भएको छ । पार्टी नेता महेन्द्र लावतीका अनुसार प्रज्ञा भवनमा उज्यालो नेपालले घोषणा सभा गर्ने भएको हो । उक्त घोषणा सभामा वर्तमान उर्जामन्त्री कुलमान घिसिङ आफैँ उपस्थित हुने लावतीले बताए । ‘कुलमानजी प्रमुख अतिथि रहेर सभा हुन्छ । त्यसमा एकता गर्ने, सहकार्य गर्ने शक्तिहरू पनि जोडिनुहुन्छ,’ उनले भने, ‘चरणचरणका कार्यक्रम बनेका छन्, यसबारे विस्तारमा खुलाउँदै जान्छौं ।’ उक्त घोषणा सभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।