२०८२ फाल्गुन २३ , शनिवार

शुक्रबार कुन राशिको लागि शुभ रहन्छ ? हेर्नुहोस् राशिफल

rashi

सुनाखरी न्युज/ काठमाडौं ।

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )  अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । पैतृक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । खेलाडी तथा खेलसँग सम्बन्धित काम गर्ने संस्थाको लागी समय उत्तम रहेको छ ।

वृष  ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )  राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

 

मिथुन  ( का,की,कू,घ,ङ,छ,के,को,हा )  भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खेल क्षेत्रमा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

कर्कट  ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )  खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । तर पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

 

सिंह  ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )  जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खेलाडी, पत्रकार, तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

कन्या  ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )  मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा खेल क्षेत्रमा विजयको योग रहेको छ । व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

 

तुला  ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )  पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यवसाय अरुदिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ । खेलाडी तथा खेल क्षेत्रमा का गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित काममा समय खर्च हुनेहरूका लागी समय उत्तम रहेको छ ।

 

धनु  ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )  माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । पराक्रमी क्रियाकलापमा सहभागी भई भरपुर मनोरञ्जन गर्न सकिनेछ ।

मकर  ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )  नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।

 

कुम्भ  ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )  राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलाप सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।

मीन  ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची )  आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।