२०८२ फाल्गुन २४ , आइतवार

एमालेका नेताहरू र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो । छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् । स्रोतका अनुसार, अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बताएको छ ।