
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको पहिलो तथा एक मात्रै राजनितिक प्रशिक्षण दिने सस्था नेपाल पोलिटिकल एकेडेमीले बिगत केही समय देखि राजनितिमा लाग्न बुझ्न सिक्न दक्ष हुन सफल हुन र राजनितिक उपलब्धि हासिल गर्न बिशेस तालिका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । यो तालिमका लागि विषयबस्तु र कोर्स डिजाइन अन्तर्राष्ट्रिय स्तारमा गरियको र यो डिजाइनको लागि मात्रै तिन बर्ष लागेको संस्थाका पदाधिकारी हरुले बतायका छन । अहिलेसम्म सर्बसाधारण देखि उच्च पदाधिकरी वडा पालिका जिल्ला प्रेदेश देखि केन्द्र सम्मा धेरै व्यत्तित्वहरुले तालिम लिइ सकेको र अतिनै महत्वपूर्ण र धेरै प्रभावकारी तालिम भएको प्रशितार्थीहरूले बतायका छन । यो तालिमले राजनीतिक क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने सबै ज्ञान र सीपमा सहज तरिकाले प्रदान गर्दछ। सिक्न र बुझ्न २० औं बर्षौ लाग्ने विषय र कोर्सहरु पनि यस एकेडेमीले छोटो समयमै बैज्ञानिक तरिकाले सजिलैसंग जान्न र बुझ्न सकिने गरेर तालिम दिइ रहेको छ ।
यस तालिममा यक दक्ष राजनितिज्ञ लाई चाहिने करिब २४ वटा विषयहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फरक फरक विषयबिज्ञ ट्रेनरहरुबाट ट्रेनिङ्ग दिइ रहेको छ । लाई कार्यक्रम संयोजक सोम कुस्कुमाझीले यस कार्यक्रम ‘नेपालमै पहिलोपटक सुरु भएको’ जानकारी दिएका छन्। नेपालमा विभिन्न संस्था र राजनीतिक दलहरूले पनि यो प्रो पोल्टिसियन तालिको लागि कुरा भइरहेको र निकट भविष्यमा उनीहरुलाई पनि यो तालिम दिइने संस्थाका पदाधिकरीहरुले बतायका छन । नेपालमा स्थायी सान्ती राजनितिक स्थीरता बिकास र समृद्धिको लागि पनि यो तालिम अति आवश्यक भएको बिज्ञ र राजनितिक विशेषज्ञहरुले बतायका छन । अहिले नेपाली राजनितिमा जानेर बुझेर सिकेर भन्दा पनि पावर र पहुंचको आधारमा यो क्षेत्रमा आएको देखिन्छ । राजनितिलाइ हामी धेरै जसो नेपालीहरुले मन नपरायता पनि घृणा गरेपनि हामो र देशको भविश्य निर्धारण गर्ने यहि राजनितिक व्यवस्थाले हो त्यसैले यो प्रशिक्षण राजनितिमा लाग्न चाहने र नचाहने सबै ले लिन अत्याबस्यक देखिन्छ । यस पहलले नेपालको शैक्षिक र राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय थप्नेछ, जहाँ राजनीतिलाई एउटा मर्यादित र व्यवस्थित अध्ययन क्षेत्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिन्छ ।
राजनीतिक चेतनाको स्तर बढाउनेछ र जिम्मेवार नागरिक तथा नेताहरू तयार गर्न मद्दत गर्न एकेडेमीका अन्य पदाधिकारीहरूले पनि यस्ता प्रशिक्षण र तालिमहरू अब देशको लागि ‘निकै आवश्यक पर्ने’ कुरामा सहमति जनाएका छन्। उनीहरूका अनुसार, परम्परागत राजनीतिक अभ्यासलाई नयाँ दृष्टिकोण र ज्ञानका साथ परिष्कृत गर्नु आजको आवश्यकता हो। यस प्रकारका प्रशिक्षणले राजनीतिक नेतृत्वमा नवीनता ल्याउने, युवाहरूलाई सही दिशामा आकर्षित गर्ने, र देशको लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने विश्वास उनीहरूले व्यक्त गरेका छन्।समग्रमा, नेपाल पोलिटिकल एकेडेमीको यो पहल नेपालको राजनीतिक विकासका लागि एक सकारात्मक र दूरगामी कदम हो। यसले राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यमका रूपमा नहेरी, राष्ट्र सेवा र जनहितको भावनाका साथ बुझ्न र अभ्यास गर्न प्रेरित गर्नेछ। आगामी दिनहरूमा यस प्रशिक्षण कार्यक्रमले नेपालको राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ, तर यसले सुरु गरेको नयाँ यात्राले निश्चित रूपमा सुसूचित र सक्षम राजनीतिक भविष्यको जग हाल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ।
रासस