
सुनाखरी न्युज/ काठमाडौं ।
जाडो याम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । यो याममा वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ । यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ । काठमाडौँ उपत्यका सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौँ विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।