२०८२ फाल्गुन २३ , शनिवार

१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिन स्पष्टीकरण बुझाउन  मौका 

Black Listed

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीहरुलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । काम सन्तोषजनक नभएपछि  यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर सो अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुनस् स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।

 

स्पष्टीकरण सोधिएका कम्पनीहरुमा विक्रम घले मुख्य व्यक्ति भएको लबकुश कन्स्ट्रक्सन प्रालि नुवाकोट, नारिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि नुवाकोट, मुकुन्द अधिकारी मुख्य व्यक्ति भएको दीपश्री इन्जिनियरिङ प्रालि काठमाडौं, विजय गुरुङ मुख्य व्यक्ति भएको न्यू कामनारयुनिभर्सल जेभी नुवाकोट र सुमन न्यौपाने मुख्य व्यक्ति भएको चन्द्रसूर्य निर्माण सेवा प्रालि काठमाडौं छन् ।

यसैगरी फिरोज मोहम्मद मनिहार मुख्य व्यक्ति भएको आर्कटिक कन्स्ट्रक्सन कपिलवस्तु, प्रेमबहादुर सापकोटा मुख्य व्यक्ति भएको पम्फा निर्माण सेवा बारा, तिलक बहादुर थापामगर मुख्य व्यक्ति भएको एमरएस च्याङ्ग्रासी निर्माण सेवा काठमाडौं, फुलचन श्रेष्ठ मुख्य व्यक्ति भएको एमरएस पूजा कन्स्ट्रक्सन धादिङ, ध्रुवप्रसाद सापकोटा मुख्य व्यक्ति भएको एमरएस डी।पी। कँडेल निर्माण सेवा काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ ।

 

स्पष्टीकरण सोधिएका अन्य कम्पनीहरुमा उमेश लामा मुख्य व्यक्ति भएको पवित्रा मल्टिपल कन्स्ट्रक्सन प्रालि काठमाडौं, पृुजन रावत मुख्य व्यक्ति भएको एमरएस चिता एण्ड सल्लेरी एसोसिएट्स प्रालि चितवन, आङ ओम्बु शेर्पा मुख्य व्यक्ति भएको पी.एन.डी. शेर्पा कन्स्ट्रक्सन काठमाडौं र मनोज कुमार यादव मुख्य व्यक्ति भएको क्वालिटी सोलुसन कम्पनी प्रालि ललितपुर छन् ।