२०८२ फाल्गुन २३ , शनिवार

एनपिएलः विराटनगरले टस जितेर बलिङ गर्दै

589438123_122175884888455690_5921680715965777784_n-e1764152306651-1068×657

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर बलिङ रोजेको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुई खेलबाट दुई अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । विराटनगर लगातार चौथो खेल जित्दै प्ले अफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने दाउमा छ । यसअघि एकमा हार र एकमा जित निकालेको चितवन आजको खेल जितेर विराटनगरको अपराजित यात्रामा विराम लगाउने योजनामा छ ।

रासस