
सुनाखरी न्युज / काठमाडौं ।
अभिनेत्री स्वस्तिमा खड्काले पहिलोपटक केमा अभिनय गरेकी थिइन् ? धेरैको जवाफ हुन्छ- ‘होस्टेल रिटर्न्स’ फिल्म । तर, उनले त्यसअघि नै चर्चित हाँस्य टिभी श्रृंखला ‘भद्रगोल’ मा अभिनय गरिसकेकी थिइन् । ‘होस्टेल रिटर्न्स’ २१ अगस्ट, २०१५ मा हलमा रिलिज भएको थियो । स्वस्तिमाले अभिनय गरेको ‘भद्रगोल’ को ६६ औं भाग चाहिँ सोही वर्षको १४ फेब्रुअरीमा नेपाल टेलिभिजनमा प्रसारण भएको थियो (भिडियो हेर्न क्लिक गर्नूस) । निर्देशक शंकर आचार्यले भ्यालेन्टाइन्स डेको कथावस्तुको सन्दर्भमा स्वस्तिमालाई अभिनय गराइएको बताए । ‘जिग्री-पाँडेले त्यतिबेला स्वस्तिमाजीलाई खोजेर ल्याउनुभएको थियो’ शंकरले भने, ‘कन्टिन्यू नहुने भएकाले उहाँको छोटो रोल थियो ।’ प्रेम दिवसको कथावस्तुमा सागर लम्साल बलेसँग स्वस्तिमालाई चित्रण गरिएको छ । उक्त एपिसोड छायांकन काठमाडौंको उत्तरमा पर्ने मुर्खु भञ्ज्याङमा गरिएको थियो । एपिसोडमा भने स्वस्तिमाको नाम उल्लेख छैन ।