२०८२ फाल्गुन २३ , शनिवार

“ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुर समेतमा प्रभु म्यानेजमेण्ट प्रा.लि.का पूर्व शेयर धनी हेम कुमार महाजु पक्राउ”

aarrest

सुनाखरी न्युज/ काठमाडौं ।

ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा प्रभु म्यानेजमेन्ट प्रा.लि.को नाममा रहेको Citizens Bank लि. को खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा रू. १०,००,०००/- नबढ्ने गरी ९,९९,५०० रूपैयाँ समेतका दरले पटक पटक शंकास्पद रूपमा रकम जम्मा भएको, रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेण्ट प्रा.लि.ले रेमिट रकम भुक्तानी (Outward Remit) मात्र गर्नु पर्नेमा प्रस्तुत कारोवारमा एकै दिनमा पटक पटक शंकास्पद रकम जम्मा भएको देखिएको, प्रभु म्यानेजमेन्ट प्रा.लि.को नाममा सञ्चालन भएको सिटिजन्स बैंक लि.को खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपालमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डी मार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएकोमा उक्त कसूरमा संलग्न रहेका मध्ये प्रभु म्यानेजमेण्ट प्रा.लि.का पूर्व शेयरधनी, प्रभु म्यानेजमेण्ट प्रा.लि.को लेखा शाखामा कार्यरत तथा हुण्डी मार्फत रकम जम्मा भएको सिटिजन्स बैंक लि.मा रहेको प्रभु म्यानेजमेण्ट प्रा.लि.को खाता संचालक मध्येका एक जिल्ला काभ्रेपलान्चोक, पनौती नगरपालिका वडा नं. ८, पनौती घर भई हाल जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं. ३ टौखेल बस्ने वर्ष ५१ को हेम कुमार महाजुलाई यस व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०३ गते ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ३ टौखेलबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ।