२०८२ फाल्गुन २३ , शनिवार

तथ्यांकशास्त्री सुमनराज  अर्याल बने मुख्यसचिव

Aryal

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल २०८३ असार २५ सम्म पदमा रहनेछन् ।

अर्यालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालयमा काम गरेको अनुभव पनि छ ।

२०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश भएका थिए ।

२०५३ वैशाखमा तथ्यांक अधिकृतबाट निजामती सेवामा प्रवेश गरेको उनले तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका छन् । तथ्यांक विभागमा अधिकृतका रूपमा प्रवेश गरेका अर्याल विभागको महानिर्देशकको जिम्मेवारीमा समेत रहे ।

गत असोजमा उनलाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो । मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण मंसिर १० बाट अनिवार्य अवकाशमा जाँदै छन् । उनी अनिवार्य अवकाशमा जानुअघि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।

जेन–जी आन्दोलनका बेलाका गृहसचिव गोकर्णमणि दुवाडीदेखि राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी, श्रम सचिव कृष्णहरि पुष्कर र खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य मुख्यसचिवको प्रतिस्पर्धामा थिए ।