२०८२ फाल्गुन २३ , शनिवार

बाढीपहिरोको कारण भियतनाममा कम्तिमा ९० जनाको मृत्यु

Vietnam-floods-and-landslides-Photo-AFP-1024×576

सुनाखरी न्युज/ काठमाडौं ।

भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा भियतनाममा  कम्तीमा ९० जनाको ज्यान गएको छ ।

अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ ।

 

तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ ।

डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सी र उनकी श्रीमती दुई रातसम्म घरको छतमा फसे । ‘हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन। चिहानहरू समेत ढाकिए,’ उनीहरुले एएफपीसँग भनेका छन् । छतमा चढ्न सफल भए पनि आफूहरू सुरक्षित महसुस नगरेको उनीहरुले बताएका छन् ।